दफा ६४
हूलदङ्गा गर्न दुरुत्साहन दिन नुहुने

(१) कसैले हूलदङ्गा गराउने नियतले वा हूलदङ्गा हुन सक्छ भन्ने जानीजानी कुनै व्यक्तिलाई हूलदङ्गा गर्नदुरुत्साहन दिन हुँदैन ।
(२) उपदफा (१) बमोजिम दुरुत्साहन दिने व्यक्तिलाई हूलदङ्गा भइसकेकोमा एक वर्षसम्म र हूलदङ्गा भइसकेको रहेनछ भनेछ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।